पौष १८, काठमाडौं।
बिहीबार बसेको राज्य व्यवस्था समितिको बैठकमा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस महामन्त्री गगन थापा पनि सहभागी भएका छन् । सभापति रामहरि खतिवडाको सभापतित्वमा सुरु भएको बैठकमा भ्रष्टाचार निवारणसम्बन्धी ऐनको विषयमा छलफल हुनेछ ।

छलफलमा भाग लिनको लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री गगन थापालगायतका सांसदहरु बैठकमा सहभागी भएका छन् । चौतर्फी रूपले भष्टाचार नियन्त्रणको माग बढिरहेको भएपनि अख्तियार लगायतका निकायमा हुने राजनीतिक नियुक्ति र भागबण्डाका कारण सोचे अनुसारको काम हुन सकेको छैन । 
कांग्रेस महामन्त्री गगन थापाले सबैको फाइल खोलौं, सहमति गरौं, सरकारमा हुँदा एउटा र बाहिर अर्को कुरा गरेर भ्रम छर्ने काम नगर्न सबैलाई आग्रह गरेका छन् ।












