पौष १०, झापा ।

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गौरादह झापाका २८ जना क्रियाशील नेताकार्यकर्ताहरुले सामूहिक रूपमा पदीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्। जिल्ला, क्षेत्र, नगर, वडा, र टोल समितिका विभिन्न पदमा रहेका यी कार्यकर्ताहरूले संगठनमा व्यक्तिवादी चरित्र हावी भएको, एकअर्काप्रति दोषारोपण गर्ने प्रवृत्ति बढेको, र नेतृत्व पक्षले सल्लाह-सुझावलाई बेवास्ता गरेको भन्दै पदीय जिम्मेवारी परित्याग गरेको जनाएको छ ।

पदीय जिम्मेवारी त्याग गर्नेहरुमा श्री तामाङ, युवराज चुँडाल, खेमराज तिम्सिना, देवेन्द्र खड्का, मित्रबहादुर वस्नेत, भुपेन्द्र रोक्का, नरेश तुम्वाम्फो, पूर्णबहादुर श्रेष्ठ, बेङ्गुलाल ताजपुरिया, समीर बस्नेत, शिवशंकर दाहाल, हरिकुमार सुब्बा, ज्ञानबहादुर कटुवाल, भोला नेपाल, टेकलाल राजवंशी, टेकप्रसाद अधिकारी, कृष्ण बस्नेत, लक्ष्मी भण्डारी, खेमप्रसाद पाण्डे, गणेशबहादुर दाहाल, भीमबहादुर श्रेष्ठ, चन्द्रजंग कार्की, कुमार कटुवाल, बद्री संग्रौला, जुना रोक्का, नेत्रबहादुर दाहाल, र ज्ञानेन्द्र शिवा रहेका छन्। गौरादह कोशी प्रदेशका सभामुख तथा राप्रपा झापाका पूर्व जिल्ला अध्यक्ष अम्बर बहादुर विष्टको क्षेत्र हो ।

यो घटनाले राप्रपामा समस्या रहेको देखाएको छ । झापा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला समेत हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय