पौष १०, काठमाडौ।
रवि लामिछाने सहकारी ठगी अभियोगमा सांसदबाट निलम्बित भएसँगै रास्वपामा संसदीय दलको नेता को भन्ने बहस सुरु भएको छ ।

पार्टी सभापति तथा संसदीय दल नेता रहेका रवि सोमबार निलम्बित भएपछि रास्वपा संसदीय दल उपनेता विराजभक्त श्रेष्ठ, कार्यबाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्कीले संसदीय दल नेताका रुपमा आफूलाई अघि सारेका छन् ।











