पौष ८, काठमाडौ।

नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफू र आफ्नो परिवारमाथि लागेको आरोपको जवाफ दिनुपर्ने बताएका छन् । सोमबार सार्वजनिक लेखा समितिको बैठकमा उनले प्रश्न उठेपछि स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

ऋषिकेश सार्वजनिक लेखा समितिका सभापतिसमेत हुन् । उनकी श्रीमती अञ्जला कोइराला मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा जोडिएकी छन् । सो सहकारी ठगीमा संलग्न रहेको आरोपमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले २६ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ । अञ्जलालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको भन्दै चौतर्फी आलोचना हुँदै आएको थियो।

सभापतिज्यूको बारेमा कुरा उठेको छ । सुशासनको चेक एण्ड ब्यालेन्स समितिमा बसेपछि त्यसको जवाफ दिनुपर्छ । यसमा जवाफ दिएर स्पष्ट पार्नुहोस उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय