पौष ७,काठमाडौं ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता होविन्द्र बोगटीले आफुहरुले दुर्गा प्रसाई लाई उनका छोरालाई जिम्मा लगाएर हाजिरी जमानीमा छाडेको बताए ।उहाँमाथिको अनुसन्धान सकिएको होइन र अनुसन्धान नगर्नू भन्ने आदेश पनि छैन। अब उहाँलाई बाहिरै राखेर अनुसन्धान हुन्छ। साइबर अपराधसहित विभिन्न आरोपमा अनुसन्धानका लागि भन्दै प्रहरीले उनलाई गत मङ्सिर पहिलो साता नियन्त्रणमा लिएको थियो।

साइबर कसुरको आरोपमा उनलाई काठमाण्डू जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिए पनि उनीमाथि लागेका अन्य आरोपबारे अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले अदालत परिसरबाट पक्राउ गरि हिरासतमै राखेको थियो। त्यसविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई तत्काल रिहा गर्न आदेश दिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोसहितलाई विपक्षी बनाएर दायर गर्नुभएको बन्दीप्रत्यक्षीकरण मुद्दामा न्यायाधीश डा.नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासबाट कानुनबमोजिमको थुना भनी मान्न नमिल्ने भएकाले रिट निवेदकको संविधानप्रदत्त व्यैयक्तिक स्वतन्त्रताको हकमा गम्भीर आघात पुगेको देखिन आएकाले रिट निवेदक दुर्गाप्रसाद प्रसाईँलाई अविलम्ब थुनामुक्त गर्नू भनी बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिएको छ। सोही आदेश अनुसार उनलाई हिरासत मुक्त गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय