पौष ३, काठमाडौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पुर्वमहामन्त्री तथा केन्द्रीय कार्यसम्पादन समिति सदस्य जयन्त चन्दले राप्रपाले आफ्ना एजेन्डा स्थापित गर्न सडक र सदन तताउनुको विकल्प नभएको बताएका छन । एक टेलिभिजन कार्यक्रममा बोल्दै चन्दले आन्दोलनको विकल्प नरहेको स्पस्ट पारेका हुन ।


पुर्वमन्त्री समेत रहेका चन्दले, पार्टीले गणतन्त्रबादीहरु सग उठबस गरेर केहि थान मन्त्री खान पाइन्छ कि भन्नुको सट्टा जनताको दैनिकी , चौतर्फी निराशाको अन्त्य , भष्टचारि लाई कार्वाही , सहकारी पीडित लाई न्यायका साथै आफ्ना एजेन्डा स्थापित गर्न पार्टीको लागी सडक संघर्ष नै गतिलो माध्यम भएको भन्दै अहिलेको समय आन्दोलनका लागि उपयुक्त भएको धारणा राखेका छन ।
राजनितिमा असम्भव केही नभएको बताएका चन्दले राजसंस्था, सनातन हिन्दुराज्य र संघीयताको खारेजी गरि छाडने बताए । कसैले बोल्न थाले, कोहि नबोली मनमा राखेर बसेका छन कोहि समय आएपछि बोल्ने भन्दै बसेको पनि आफुले देखेको उनले बताए । पुर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दको पछिल्लो अभिव्यक्तीले राप्रपामा आन्दोलन गर्नुपर्छ भन्ने बहस चल्ने छाट देखिएको छ । केहिदिन अघि उपचारका लागि भारतमा रहेका महामन्त्री डा. धवल शम्सेर राणाले पनि आन्दोलन गर्नुपर्ने भन्दै तयारी गर्न पार्टीका नेताकार्यकर्ता लाई सामाजिक संजाल मार्फत आव्हान गरेका थिए । 











