मंसिर २८, सोलुखुम्बु ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका पाँच युवाले संसद् दिवसको सन्दर्भ पारेर छ हजार एक सय ४५ मिटर उचाइको लोबुचे हिमालको सफल आरोहण गरेका छन् ।

यही मङ्सिर २१ गतेदेखि खुम्बु पदयात्रामा निस्केका शर्मा र उनका साथीहरूले मङ्सिर २७ गते राति ११ः३० बजे लोबुचेको बेसक्याम्पबाट लक्ष्यतर्फ बढेर शुक्रबार मङ्सिर २८ गते बिहान ६ः४५ बजे लोबुचे हिमालको सफल आरोहण गरेको उनको सचिवालयले जनाएको छ । आरोहण दलका सदस्य प्रकाश लामिछानेका अनुसार हिमाल आरोहणमार्फत जलवायु परिवर्तनले हाम्रा हिमालहरुमा पु¥याएको असरको स्थलगत अध्ययन गरेर संसद्, सरकार र संसारको गम्भीर ध्यानाकर्षण गराउने रहेकोे छ ।

पूर्वदेखि पश्चिमसम्मको समग्र हिमाली क्षेत्रका नागरिकले थप भोग्नुपरेको चुनौतीको अध्ययन गरेर समाधानका लागि सम्बन्धित सबै तहको ध्यानाकर्षण गराउने उद्देश्य रहेको छ ।

खुम्बु पदयात्राका क्रममा लुक्ला, फाक्दिङ, नाम्चे, तेङ्बोचे, दिबुचे, दिङ्बोचे, थुक्ला र लुबुचे हाइक्याम्प हुँदै पदयात्रा क्रममा टोलीले लोबुचे हिमाल आरोहणका अतिरिक्त थामसेर्कु, आमादब्लम, चोलात्से, आइल्याण्ड पिक, तबुचे, पुमरी, मकालुलगायतको हिमालको अवस्थालाई (खुम्बु)पदयात्रा क्रममा नजिकबाट दृश्यावलोकन र स्थानीयवासीसँग व्यापक संवाद गरिएको शर्माको सचिवालयले जनाएको छ । संसद्को आगामी अधिवेशनमा सांसद शर्माले जलवायु परिवर्तनले हाम्रो हिमाली क्षेत्रमा परेको असरबारे स्थलगत अध्ययनको विवरण राख्ने बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय