मंसिर २८, भक्तपुर।

भक्तपुर नगरपालिकाको आयोजनामा हुने भक्तपुर महोत्सव २०८१ बारे पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । पत्रकार भेट्घाट कार्यक्रममा भक्तपुर महोत्सव मूल समारोह समितिका संयोजक एवम् नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सवको हालसम्मको तयारीबारे प्रस्ट पारे  ।

नगरप्रमुख प्रजापतिले मौलिक कला र संस्कृतिको केन्द्रको रूपमा विकास भइरहेको नाचगानको राजधानी सांस्कृतिक नगरलाई भक्तपुर महोत्सवभर उत्सवमय बनाइरहने उल्लेख गर्दै भक्तपुर पर्यटकहरूको गन्तव्य स्थल बन्ने कुरामा आफूहरु ढुक्क रहेको बताए ।
जीवित सङ्ग्रहालयको रूपमा परिचित शहर भक्तपुरमा जान्नैपर्ने वातावरण तयार गरिरहेको चर्चा गर्दै उहाँले नेपाल पस्ने पर्यटकहरू सगरमाथा र लुम्बिनी हेर्नमात्र होइन भक्तपुर अवलोकन गर्नैपर्ने छाप पर्ने गरी काम भइरहेको प्रजापतिले बादी गरे ।

उनले भक्तपुरको मौलिकता, कला, संस्कृति, सम्पदा, हस्तकला र घरेलु उद्योगमा आधारित मौलिक उत्पादन र मौलिक जीवनशैलीको विकास प्रवर्द्धन गरी आन्तरिक र बाह्य पर्यटनमा आधारित पर्यटन उद्योगमार्फत नगर र नगरवासीहरूको आर्थिक गतिविधि बढाउने उद्देश्यका साथ भक्तपुर महोत्सव २०८१ आयोजना गर्न लागेको स्पष्ट पारे ।

महोत्सव अवधिभर शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुर, जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुर, सशस्त्र प्रहरी बल भक्तपुर लगायतका सुरक्षा निकायहरूसँग समन्वय र सहकार्य भइरहेको नगरप्रमुख प्रजापतिले महोत्सवलाई भव्य र सभ्यरूपमा सञ्चालन गर्न स्थानीय स्काउटका ५०० र स्काउट मास्टर ७५ गरी कुल ५७५ जना स्काउटरहरू परिचालित हुने भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय