मंसिर २८, काठमाडौ।
सहकारीको रकम अपचलन गरी फरार रहेका गितेन्द्रबाबु राई (जिबी)को पासपोर्ट रोक्का गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारपछि राहदानी विभागले राईको पासपोर्ट रोक्का गरेको जनाएको हो।


यसअघि पनि कास्की प्रहरीले राईको पासपोर्ट रद्द गरिदिन भन्दै विभागलाई पत्र लेखेको थियो तर विभागले राईको पासपोर्ट रद्द गर्न नमिल्ने जवाफ पठाएको थियो।











