मंसिर २७, काठमाडौ।
नेकपा एकीकृत समाजवादीले १७ जना नेतालाई स्थायी समितिमा मनोनीत गरेको छ । आज बसेको बैठकले विगतमा सदस्य भइसकेका र विभिन्न पदमा पदाधिकारी रहिसकेका १७ जनालाई स्थायी समितिमा मनोनीत गरेको हो । यसरी मनोनीत हुनेमा गत भदौंमा भएको पार्टीको पदाधिकारीको चुनावमा पराजित भएका नेताहरु समेत रहेका छन् ।

एकीकृत समाजवादीका एक नेताले दिएको जानकारी अनुसार डा. विजय पौडेल, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, केशवलाल श्रेष्ठ, डा. वंशीधर मिश्र, बलराम बास्कोटा, शत्रुधन महतो, श्रीप्रसाद साह, विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, हरि पराजुली, साध्यबहादुर भण्डारी, लक्ष्मण पौडेल, नागेन्द्र चौधरी र रामचन्द्र झा स्थायी समितिमा मनोनीत भएका छन् ।

स्थायी समितिमा मनोनीत भएका पौडेल, झाँक्री, झा, भण्डारी, केशवलाल श्रेष्ठ, खतिवडा र बास्कोटा गत महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए । चौधरी, लक्ष्मण पौडेल, महतो, पराजुली, जीवनराम श्रेष्ठ, साह, उपमहासचिवमा पराजित भएका थिए ।












