मंसिर २६, इटहरी सुनसरी ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेश कार्य समितिले आगामी पौष १३ गते सुनसरीको इटहरीमा सरकारका बिरुद्ध बिरोध सभा गर्ने भएको छ ।
राप्रपा कोशी प्रदेश अध्यक्ष तथा दमक नगरपालिका प्रमुख राम थापाको अध्यक्षतामा सुनसरीको इटहरीमा बसेको बैठकले बिरोधसभा लाई भव्य बनाउनका लागि विभिन्न उपसमितिहरु समेत गठन गरेको प्रवक्ता बिजय राउतले बताए ।


१३ गतेको बिरोधसभा लगत्तै १४ गते बिराटनगरमा कोशी प्रदेश परिषद्को बैठक बस्ने अध्यक्ष राम थापाले जानकारी दिए । बिरोधसभा लाई पार्टीका पुर्वअध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी का साथै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।
राप्रपा कोशी प्रदेशले संघीयता खारेजी, धर्मनिरपेक्षता खारेजी, राजसंस्थाको पुनः स्थापना, महङ्गी नियन्त्रण , सहकारी पीडितको बचत रकम फिर्ता र भ्रष्टाचारी लाई कारबाहीका साथै चुस्तदुरुस्त सेवा प्रवाह जस्ता महत्वपूर्ण विषयहरूमा सरकार माथी दबाब बढाउन विरोधसभाको आयोजना गर्न लागेको राप्रपा सुनसरी अध्यक्ष दुर्गा बहादुर बस्नेतले स्पष्ट पारे ।

कोशी प्रदेशले १४ वटै जिल्ला अध्यक्षहरु लाई सभामा अनिवार्य उपस्थित हुन र व्यापक जनसहभागिता गराउन निर्देशन दिई सकेको जनाएको छ । 











