ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का विरुद्ध नेपाल स्काउटले प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा दर्ता गरेको उजुरी सांसदहरूलाई वितरण गरिएको छ।

खड्का सञ्चालक रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लिले भवन र जग्गा उपयोग गरेबापत ५ करोड रुपैयाँभन्दा बढी भाडा रकम नतिरेको भन्दै स्काउटले राज्यव्यवस्था समितिमा २०८० माघ १४ मा निवेदन दर्ता गराएको थियो ।

राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा ऊर्जामन्त्री खड्काका सम्बन्धमा आएको उजुरी सदस्यहरूलाई वितरण गरिएको समितिका सभापति रामहरि खतिवाडाले जानकारी दिए ।उक्त उजुरी दर्ता भएको १० महिनापछि समिति सदस्यहरूलाई वितरण गरिएको हो । पछिल्लो समय ऊर्जामन्त्री भएपछि खड्काले कुलमान लाई गरेको व्यवहार र प्राधिकरणमा कार्यालय बनाएर बसेपछि रुष्ट बनेका विपक्षी दलहरु लाई खड्काको यो प्रकरणले थप चिढ्याउने देखिन्छ भनी उनी माथि नैतिक दबाब सिर्जना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय