मंसिर २३, दमक।

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक टावरको आईतबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । दमक नगरपालिका-३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको प्रधानमन्त्रीले  ओलीले उद्घाटन गरेका हुन ।

मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने १८ तले कम्प्लेक्स १ अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ ।

भव्य जनसहभागितामा भएको उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायतको सहभागी रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय