मंसिर ८, काठमाडौ ।

कुल ब. बस्नेत

खोटाङको हलेसी तुवाचुङ नगरपालिका -४ बडहरेमा “बडहरे एकता सेवा समाज गठन गरिएको छ। पुर्ण बहादुर बस्नेत (राजन ) को अध्यक्षतामा गठन भएको समाजको उपाध्यक्षमा पुण्य ब. बस्नेत कोषाध्यक्षमा नारायण ब. बस्नेत सचीव सन्तोष बस्नेत र सह-सचीवमा टेक ब. बस्नेत मनोनीत भएका छ्न।  वरिष्ठ उपाध्यक्षमा हेमराज बस्नेत लाई चयन गरिएको छ।  आर्थिक रुपमा बिपन्न, अशक्त , र जुनसुकै बेला आईपर्ने प्राकृतिक प्रकोप , बिपत्ति लगायत अन्य समस्यामा परेकाहरूलाई सहयोग गर्नको लागि बडहरे एकता सेवा समाज गठन गरिएको अध्यक्ष पुर्ण ब. बस्नेत (राजन) ले बताए । केही समय मासिक रूपमा प्रती ब्यक्ती रु. ६०० को दरले आर्थिक संकलन गर्ने,र संकलित रकम लाई कुमारी बैंकमा खाता खोलेर राखिने समितिले जनाएको छ ।

शनिबार कमिटी गठनकै क्रममा रु.१३००० आर्थिक संकलन भएको कोषाध्यक्ष नारायण ब. बस्नेतले जानकारी दिए । बडहरे एकता सेवा समाजको मासिक मिटिङ बस्ने र मासिक रूपमा आर्थिक संकलन गर्ने निर्णय गरिएको सचीव सन्तोष बस्नेतले बताए । जुनसुकै समयमा बिपत्तिमा परेकाहरुलाई मासिक रूपमा केही रकम जम्मा गरेर समाजमा टेवा पुर्याउन सकिन्छ भन्ने हेतुले बडहरे एकता सेवा समाज गठन गरिएको वरिष्ठ उपाध्यक्ष हेमराज बस्नेतले धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय