मंसिर ८, काठमाडौं ।
नेकपा एमालेले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सरकारको नेतृत्वमा रहेको पार्टी एमालेले ठूलो जनसहभागिताबीच जागरणसभा गरेको हो । पछिल्लो समयमा हुर्किएको प्रायोजित अराजकता, भ्रम, मिथ्या सूचनालाई चिर्नको लागि गरिएको सभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए ।

सभाको सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सामाजिक द्वेष र अराजकता पाच्य नहुने बताए । ‘चरित्र हत्या गर्ने, घृणा फैसाउने कुरा पाच्य हुँदैन,’ उनले भने । उनले अराजकता फैलाउने लाई कडा कारबाही हुने बताए । अध्यक्ष ओलीले एमालेमाथि लगाइएका कुनै पनि आरोपहरू खण्डन र चर्चा गर्न लायक नभएको बताए।












