पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए

नेपालको संसदीय प्रणालीलाई व्यवस्थित गर्नका लागि ढुंगानाले सभामुखको हैसियतमा गरेको भूमिकाको उच्च कदर गर्दै सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आज शोक बिदा दिने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय