मंसिर १, काठमाडौं ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच स्थानीय तह उपनिर्वाचनमा काठमाडौंको दुई सिटमा चुनावी गठबन्धन गर्ने सहमती भएको छ । सहमतिअनुसार काठमाडौं महानगरपालिका १६ नम्बर वडामा एकीकृत समाजवादीलाई माओवादीले सघाउने र कीर्तिपुर नगरपालिकामा माओवादीलाई एकीकृत समाजवादीले सघाउने निर्णय भएको हो ।

शनिबार बसेको दुई पार्टीबिचको संयुक्त बैठकले सो निर्णय गरेको हो । चुनावमा एक्लै लड्ने तर स्थानीय तहमा आवश्यकता अनुसार सहकार्य गर्ने नीति लिएर माओवादी र एकीकृत समाजवादी मिलेर जान तयार भएका छन् ।

दुई ठूला दल कांग्रेस र एमालेले चुनावी गठबन्धन नगर्ने नीति अघि सारेपछि माओवादीले पनि पदाधिकारीको बैठकमा एक्लै चुनाव लड्ने निर्णय गरेको थियो  तर, माओवादीको गढ भएको क्षेत्रमा कांग्रेस एमाले पनि मिल्ने संकेत पाएपछि माओवादीले एकीकृत समाजवादीसँग सहकार्य गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय