कात्तिक २५, पोखरा।

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौं बाट पक्राउ परेका लामिछाने लाई न्यायाधीश नवराज दाहालको इजलासले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै उनको हिरासतको बसाई लम्बिने भएको हो ।

प्रहरीले २५ दिन थुनामा राख्न अनुमति माग गरी लामिछानेलाई अदालतमा पेस गरेको थियो। लामिछानेका कानुन व्यवसायीले थुनाबाहिरै राखेर अनुसन्धान गर्नुपर्ने माग  गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय