कात्तिक २४, काठमाडौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

मुलुकमा व्याप्त भ्रष्टाचार, कुशासन, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रही आम नागरिक र राष्ट्रिय हितका शक्तिहरूसगको सहकार्यमा दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय भएको रास्वपाका नेता कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
सभापति रबि लामिछाने लाई सहकारी ठगी प्रकरणमा कास्की प्रहरीले हिरासतमा राखेर अनुसन्धान अघि बढाए पछि रास्वपाले राजनीतिक प्रतिशोध भन्दै सरकारका बिरुद्ध सडक प्रदर्शन गर्दै आईरहेको छ । 











