कात्तिक १३, काठमाडौँ ।
सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन भएको सञ्चार प्रविधि तथा सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

जसको उपाध्यक्षमा जाजरकोटका सनत कार्की, सदस्यहरुमा महेत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईं, विज्ञतर्फ सदस्य सिन्धुपाल्चोकाका डा.जगतबहादुर बस्नेत, कैलालीका टेक बहादुर शाह, दार्चुलाका गोवर्दन कोली र तनहुँकी आरती भण्डारी रहेका छन् ।











