कार्तिक ७ , काठमाडौं ।

सत्तारुढ राजनीतिक दलहरुबीच राष्ट्रिय मुद्धामा एक ढिक्का भएर अघि बढ्ने सहमति भएको छ। बालुवाटारमा बसेको बैठकले लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ अघि बढिरहेको निष्कर्ष निकालेको हो।

बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिबाट सर्वसम्मत रुपमा तयार गरेको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समेतलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको जानकारी गराए।












