कात्तिक ५, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायी मीनबहादुर गुरुङबाट केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय नफेरिने स्पष्ट पारेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार सचिवालय बैठक राखेर अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गुरुङबाट प्राप्त हुने दान स्वीकार्ने निर्णय नफेरिने प्रष्ट पारेका हुन् । गत २५ असोजमा ओली र गुरुङ दम्पतीले कीर्तिपुरमा केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका थिए ।

 

केन्द्रीय कार्यालय शिलान्यास गर्दै व्यवसायी गुरुङले एक वर्षभित्रै अत्याधुनिक भवन निर्माण गरेर हस्तान्तरण गर्ने घोषणा गरेका थिए तर मुद्दा खेपिरहेका व्यवसायीबाट दानमा केन्द्रीय कार्यालय भवन स्वीकार्ने निर्णयको पार्टी भित्रै आलोचना भइरहेको छ ।

एमालेभित्रै व्यवसायीबाट दानमा केन्द्रीय कार्यालय भवन स्वीकार्ने निर्णय सच्याउनुपर्ने आवाज उठेको छ । स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले सार्वजनिक रुपमै पार्टी निर्णय सच्याउनुपर्ने माग राखेका छन् । तर सचिवालय बैठकले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ‘उहाँहरुले के कति कारणले त्यस्तो बोल्नुभएको हो ? त्यसमा स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय