असोज ३०, काठमाडौ ।
नेपालीहरुको महान चाड वडादशैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरु धमाधम फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिएको छ । काठमाडौंको कलंकी, थानकोट र सागा नाकामा सवारी साधनको लामो लाइन लागेको छ ।

दशैँको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात सुनसान जस्तै भएपनि बिस्तारै गाउँ गएकाहरु उपत्यका फर्किने क्रम बढेसँगै सडकमा चहलपहल बढेको हो ।

गाउँबाट फर्किएकाहरु सडकमा सामान र बालबालिकाहरुसहित उभिएको देख्न सकिन्छ भनी कतिपय सडक अझैपनी बन्न नसक्दा यात्रुहरुले सास्ती बेहोर्नु परेको गुनासो गरेका छन ।












