नेपाल वायुसेवा निगमका कर्मचारीहरूले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम सँग जति धेरै जहाज भयो, त्यति नै धेरै डलर भित्र्याउन सकिने धारणा राखेका छन् । नेपाल वायुसेवा निगम गुल्मी समाजले आयोजना गरेको दशैं विशेष शुभकामना-आदानप्रदान कार्यक्रममा कर्मचारीले यस्तो बताएका छन् । नेपाल वायुसेवा निगममा कार्यरत गुल्मेली कर्मचारीको मञ्च नेवानि गुल्मी समाजले कार्यक्रम आयोजना गरेको हो ।


कार्यक्रममा निगमका क्वालिटी एस्सुरेन्स विभागका निर्देशक पोषण ज्ञवालीले निगमसँग जहाज थोरै रहे पनि सुपथ मूल्यमा उडान गरिएको बताए । सेवामा गुणस्तर होस् भन्नेमा कहिले पनि सम्झौता नहुने उनको दाबी छ । निगमका उपनिर्देशक नारायण पौडेलले सीमित जहाजबाट पनि निगमले अर्बौं रकम भित्र्याउन सफल भएको भन्दै धेरै जहाज हुने हो भने धेरै डलर भित्राउन सकिने धारणा राखे ।
निगमका अर्थ विभागका उपनिर्देशक सरोज पन्थीले निगममा युवा कर्मचारीको बाहुल्य रहेको भन्दै यसबाट संस्थाले फाइदा लिनु पर्ने बताए । मञ्चमा करिब ७० जना गुल्मेली कर्मचारी रहेको जनाइएको छ । निगम व्यवस्थापनले जहाज थप गर्न पहल गरेपनि तालुक अड्डा नागरीक उड्डयन प्राधिकण र पर्यटन मन्त्रालय भनी निगम अध्यक्ष लाई असहयोग गर्दै आफ्नो जिम्मेवारी बाट पन्छिने अनि व्यापार घाटा र भद्रगोल देखाएर रमाउँदै बसेको छ । यदि निगम संग अहिले पर्याप्त जहाज भएको भए विपदमा राहत, उद्धारका साथै निजिसग प्रतिस्पर्धा गर्न सहज हुने थियो । यसतर्फ मन्त्रालय गम्भीर बन्न जरुरी छ । नत्र निगम लाई कार्यकर्ता भर्ति केन्द्र भनेर आमा जनताले बुझ्ने गरेको सत्य होइन भन्न सकिँदैन ।












