पेम्बा शेर्पा ,
असोज १४, काठमाडौ ।

बौद्धनाथ क्षेत्र विकास समिती को आर्थिक सहयोगमा पिके गेलेक दर्ग्यालिङ छोक्पा गोलि ले आयोजना गरेको ४५ दिने श्याब्रु नृत्य तथा टुङ्ना प्रशिक्षण कार्यक्रम टुसाल काठमाडौमा सोमबार एक कार्यक्रमका बीच उदघाटन गरिएको छ ।
स्थानिय संस्कार संस्कृतिको संरक्षणमा टेवा पुर्याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको छोक्पा का अध्यक्ष फुर्पा गेल्जेन शेर्पा ले बताए।

कार्यक्रमा बोल्दै प्रमुख अतिथी तथा बौद्धनाथ क्षेत्र विकास समितीका अध्यक्ष राजकुमार लामाले बौद्ध नाथ क्षेत्र विकास समिति ले विगतका दिनहरुमा पनि स्थानिय संस्कार संस्कृतिको संरक्षण, सम्वर्धन र प्रवर्धन मा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएकोमा यसपटक हिमाली आदिवासीहरुको संस्कृति र रहनसहन संग सम्बन्धित श्याब्रु नृत्य तथा टुङ्ना प्रशिक्षण कार्यक्रमका लागि बजेट बिनियोजन गरेको स्पष्ट पारे ।
लामाले अहिले बजारमा पाइने गितार हाम्रै हिमाली आदिवासीहरुले बजाउने टुङ्नाको परिस्कृत रुप हुनसक्ने र यस विषयमा थप अनुसन्धान जरुरी रहेको धारणा व्यक्त गरे ।

कार्यक्रमा बोल्दै हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका वरिष्ठ उपाध्यक्ष दावा छिरी शेर्पाले संस्कार संस्कृतिको क्षेत्रमा राज्यको लगानी एकदमै न्युण रहेको यो अवस्थामा बौद्ध नाथ क्षेत्र विकास समितिले श्याब्रु तथा टुङ्ना प्रशिक्षणमा बजेट बिनियोजन गरेर राज्यको उपस्थिती महसुस गराएको बताए ।
कार्यक्रममा बौद्ध नाथ क्षेत्रविकास समितिका कार्यकारी निर्देशक शान्तिमाया तामाङ्ग, बौद्धनाथ क्षेत्रविकास समितिका बोर्ड सदस्य रग्बा शेर्पा, लिखु मिडिया नेट्वर्कका संचालक राजेन्द्र बस्नेत, छोक्पा कार्यसमितिका सदस्यहरु लगाएत देशभरका ८ जिल्लाहरुबाट ४५ जना प्रशिक्षक/प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।















