असोज १४, काभ्रे ।
अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट बिपी राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू पैदलै फर्किन थालेका छन्।काभ्रेको भकुण्डेबेसि देखि नेपालथोकसम्मको विभिन्न स्थानको सडक अवरुद्ध भएपछि फसेका यात्रुहरू पैदलै गन्तव्य तर्फ फर्किन थालेका हुन । तीन दिनसम्म पनि सडक खुल्न नसकेपछि बाध्य भएर पैदलै फर्किनुपरेको यात्रुहरुले गुनासो गरेका छन्।


उनीहरूले सडक खोल्नका लागि ढिलाई भएको गुनासो समेत गरे। काभ्रेको १३ वटा स्थानीय तहमध्ये रोशी गाउँपालिका, पनौती नगरपालिका, तेमाल गाउँपालिका र बेथानचोक गाउँपालिका बाढी र पहिरोबाट धेरै प्रभावित भएका छन्। राजमार्गमा सयौं यात्रुहरू बीचबाटोमै ३ दिनदेखि अलपत्र परेका छन्।













