कुल बहादुर बस्नेत
असोज १२, घुर्मी

सुनकोसी नदीको जल सतहले हर्कपुर र घुर्मी जोड्ने पुलको ट्रस भाग छोएको छ । जलसतहले पुल लाई छोएसगै ओखलढुङ्गाको हर्कपुर र उदयपुरको घुर्मी जोड्ने पुलमा खतरा बढेको छ ।
सुनकोसी नदीको जलसतहले हर्कपुर पुलको ट्रस भाग छोएर बग्न थालेपछि खतरा बढेको स्थानीय पेशल गौतमले बताए।यो पुलले ओखलढुङ्गा सोलुखुम्बु, खोटाङ, भोजपुर र संखुवासभा लाई काठमाडौँ र तराईसँग जोडेको छ ।

निरन्तरको वर्षाले सुनकोशी नदीमा आएको बाढीले खुर्कोटमा रहेको पुलपनि बगाएको छ । जसले गर्दा रामेछाप लगायतका जिल्लामा जानेहरू लाई प्रत्यक्ष प्रभाव परेको छ ।












