असोज १२,काठमाडौ ।

नेपालमा मनसुनी वायु कायमै रहेकाबेला बंगालको खाडीबाट पनि थपिएको जलवाष्पयुक्त वायुले गर्दा अहिले देशभर मनसुन अत्यधिक सक्रिय भएको छ ।  निरन्तरको वर्षाले देशभर बाढी र पहिरो निम्त्याएको छ भनी जनजीव अस्त व्यस्त भएको छ ।

काठमाडौं उपत्यकाका बस्तीसमेत जलमग्न छन् । नदी किनारका बस्ती झन् बढी प्रभावित भएका छन् । पृथ्वी राजमार्ग, बिपी राजमार्ग, अरनिको राजमार्ग, लगायत देशका अन्य मुख्य राजमार्गहरु अवरुद्ध भएका खबरहरु आइरहेका छन् । सडक सँगै हवाई सेवा पनि प्रभावित भएको छ ।

नागढुंगामा खसेको पहिरो हटाउन नसक्दा सयौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । गाडीहरुको लामो लाइन लागेको छ । उर्लिएको त्रिशूली नदी किनारमा रोकिन बाध्य। यात्रुहरु त्रासमा छन ।

त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बट्टार र चितवनको इच्छा कामना गाउँपालिका–३, चुम खोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको ३ वटा टिपर र एउटा एक्साभेटर मेसिन बगाएको जानकारी आएको छ ।

नागरिक उड्ययन प्राधिकरणले शनिबार बिहानसम्मका सबै आन्तरिक उडानहरु स्थगित गरेको थियो । बिहीबार बाट सुरु भएको पानी निरन्तर परेपछि अहिले देशभर जनजीवन प्रभावित भएको छ भनी जोखिम बढेको छ । मौसमबिदका अनुसार अझै कम्तीमा ३६ घण्टा पानी पर्ने सम्भावन रहेको छ । यस्तो बेला सकेसम्म अनावश्यक यात्रामा नगई सुरक्षित बस्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय