असोज ७,  २०८१ काठमाडौ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस महामन्त्री गगन थापा लक्षित टिप्पणी गरेका छन् । उनले गगनको राजनीतिक भविष्य जोगाउन आफूमाथी प्रतिशोध साँधिएको बताए ।  पार्टी कार्यालयमा सञ्चारकर्मी र समर्थकहरू लाई सम्बोधन गर्दै  उनले मिडिया ट्रायल गरेर आफूलाई सक्दै नसक्ने चेतावनी दिए ।

कसैको राजनीति बचाइदिन मलाई बलिको बोको बनाइयो । प्रतिशोध साँधियो‚’ उनले भने साथै उनले पञ्चायतकालीन राजनीति जस्तै सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताए ।  अनुसन्धानमा सहयोग गर्ने भन्दै उनले  ‘हामीले कुनै अराजनीतिक क्रियाकलाप गरेका छैनौँ । हामीले केही बिराएको छैन । भर्खरै आएको दलसँग किन यति डराएको ।

उनले सरकारले केही नभने पनि निर्धक्क हुने अवस्था नभएको र आफूलाई झुक्क्याएर छक्याउन जरूरी नभएको पनि उल्लेख गरे । उनले प्रतिवेदनले सहकारी घोटालामा आफ्नो संलग्नता कुनै पनि ढङ्गबाट नभएको उल्लेख गरे ।  तर पनि यिनको ध्यान रविलाई जेल हाल्नेमा छ‚’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय