असोज २, २०८१ काठमाडौ ।
असोज ३ गते बिहीबार संविधान दिवसका दिन संविधानको विरोध गर्नेहरुको गतिविधि उच्च हुनसक्ने भन्दै सुरक्षा निकायहरुले उच्च सुरक्षा सतर्कता अपनाएका छन् ।


विशेषगरी काठमाडौं उपत्यकाका तीन जिल्ला सुरक्षा निकायहरुले उच्च सतर्कता अपएका हुन् । काठमाडौं, ललितपुर र भक्तपुरमा लक्षित गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी चार वटै सुरक्षा निकायले निगरानी बढाएका हुन् । संविधान दिवसको अवसरमा दरबारमार्गमा विशेष कार्यक्रम गर्न लागिएको छ । राप्रपा , बिपी कांग्रेस, दुर्गा प्रसाईको अभियान r केशर बहादुर विष्टहरुले विरोध जनाउँदै त्यस लक्षति कुनै गतिविधि हुन सक्ने भन्दै प्रहरीले सतर्कता अपनाएको हो ।

भोलिका सुरक्षाका लागि काठमाडौं उपत्यकाका तीन जिल्लामा २ हजार भन्दा बढी प्रहरी परिचालन गर्न लागिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी प्रमुख एआईजी किरण बज्रचार्यले बताइन् ।सादा पोशाकदेखि अन्य विभिन्न ड्युटीमा गरेर थप मद्दत समेत मागेर २ हजार भन्दा बढी प्रहरी परिचालन गर्ने गरी सुरक्षा प्रबन्ध गरेका छौं’ एआईजी बज्रचार्यले भनिन् ।












