भाद्र २४, २०७१काठमाडौ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बस्दै छ । आज बिहान साढे ९ बजे धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बैठक बस्न लागेको हो ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बैठक उद्घाटन गर्ने र पार्टीले लिएका नीतिहरूका बारेमा सल्लाकारहरूले आफ्नो धारणा राख्ने राप्रपाका महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङले जानकारी दिए । यो बैठक राप्रपा इतिहासमै पहिलोपटक बस्न लागेको बताइएको छ । यस अघि राप्रपाले जिल्ला अध्यक्षहरुको भेला सम्पन्न गरियो थियो।

उद्घाटन सत्रपछि सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापाले भेलामा कार्यपत्र पेश गर्ने छन्। कार्यपत्रमाथि बैठकमा सहभागी सल्लाहकार समितिका सदस्यहरूले छलफल गरेर पार्टीलाई सल्लाह दिने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय