साउन ५, काठमाडौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्देशन समितिको शनिबार दिउँसो बसेको बैठकले प्रधानमन्त्री केपि शर्मा ओलि लाई बिश्वासको मत नदिने निर्णय गरेको छ ।

 

राप्रपा केन्द्रित निर्देशन समितिको शनिबार बसेको बैठकले आइतबार संसदमा बिश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री ओलि लाई मत नदिइ विपक्षमा मतदान गर्ने निर्णय गरेको निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले  जानकारी दिए ।

काङ्ग्रेस र एमालेले नयाँ गठबन्धन बनाउदै सरकार गठन पुर्व जसरी संविधान संसोधन गर्ने र राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा गरेका थिए । पछिल्लो व्यवहार त्यस्तो नभई सत्ता प्राप्त गर्ने खेलमा मात्र अगाडि बढेको भन्दै राप्रपाले विपक्षमा बस्ने र पुर्वनिर्धारित आन्दोलनका कार्यक्रम लाई अगाडी बढाउने निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय