राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का संस्थापक अध्यक्ष तथा पुर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्वस्थताका कारण वीर अस्पताल भर्ना भएपछि उनलाई भेटन राप्रपा नेताहरुको अस्पतालमा लर्को लागेको छ । राप्रपा अध्यक्ष लिङ्देनले उनलाई भेटेर स्वास्थ्य लाभको कामना गरे ।

पिसाब र छातिमा समस्या देखिएपछि  अस्पताल पुगेका चन्द लाई डेङ्गु र निमोनिया भएको पुष्ठि भएको छ ।  अस्पताल भर्ना भएको खबर पाएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन , निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी , उपाध्यक्ष धुर्ब बहादुर प्रधान , महामन्त्री डा. धवल शम्सेर राणा, राजेन्द्र गुरुङ , कोषाध्यक्ष निलकण्ठ काफ्ले लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय , बिजय खड्का र जनक पाठक लगायतका नेताहरु उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन ।

पुर्वप्रधानमन्त्री चन्द लाई केही समय अस्पतालमै राखेर उपचार गरिने चिकित्सकहरुले बताएका छन ।

स्वास्थ्यमा समस्या आएपछि चन्द थप उपचारका लागि आज बिहान वीर अस्पताल भर्ना भएका हुन ।

उनको स्वास्थ्यमा अहिले क्रमिक सुधार हुन थालेको नेताहरूले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय