प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेट गरेका छन्। उनीहरूबीच सोमबार भेटवार्ता भएको हो।


शिष्टाचार भेटका क्रममा राजदूत छनले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
भेटमा दुई देशबीचको मित्रतलाई अझै उन्नत बनाउने विषयमा उनीहरू विचमा कुराकानी भएको राजदूत छनले जानकारी दिए ।











