नापी कार्यालय ललितपुरमा कार्यरत सर्भेक्षक संजिवकुमार यादव र आरबी लेखापढी सेन्टरका संचालक रामबाबु भुजेल  घुस रकम सहित पक्राउ परेका छन् । उनिहरुको साथ बाट ४ लाख घुस रकम अख्तियार बरामद गरेको हो ।


जग्गा हालसाविक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको सूचनाका आधारमा अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका-१२ हनुमानस्थानमा रहेको आरबी सेन्टरबाट  बिहीबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय