राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) संसदीय दलको बैठक बस्ने भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो लिन लागेको विश्वास मतबारे छलफल हुने सचेतक निशा डाँगीले बताइन ।


यसअघि रास्वपाका चार जना मन्त्रीले राजीनामा दिने तयारी गरेपनि प्रधानमन्त्रीले विशवासको मत लिने बताएपछि उनीहरू रोकिएका थिए ।

१७ असारमा नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएपछि सरकार फेरबदल हुने संकेत देखिएको हो ।
देउवा र ओलि बीच आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा सहमति भएको बताइएको छ ।












