असार २६ , काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको बैठक बोलाएको छ । बिहीबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको संसदीय दलका नेता राजेन्द्र लिङ्देनले जानकारी दिए ।


प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेलगायत विषयबारे बैठकमा छलफल हुने बताइएको छ । आगामी शुक्रवार बस्ने बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड ) ले बिश्वासको मत लिदैछन ।

प्रमुख सत्ताघटक नेकपा एमालेले सरकार लाई दिएको समर्थन फिर्ता लिदै सरकार बाट बाहिरिएपछी प्रधानमन्त्रीले बिश्वासको मत लिन लागेका हुन । तर दुई ठुला दल काङ्ग्रेस र एमालेले सरकार निर्माण गर्ने र पहिलो चरणमा एमाले अध्यक्ष केपि ओलि प्रधानमन्त्री बन्ने गरि दुईदलको सहमति भएपछि दाहालले बहुमत पुर्याउने सम्भावना भने निकै कम देखिएको छ ।












