ताप्लेजुङमा भूकम्प गएको छ । बुधबार बिहान पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।


राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.४ म्याग्निच्युड रहेको छ ।
भूकम्पको धक्का संखुवासभा,पाँचथर, तेह्रथुम लगायत आसपासका अन्य जिल्लामा पनि महसुस भएको थियो ।











