नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको बैठक सरेको छ।
मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरेको हो।

बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए।
पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको थियो। पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने, २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने विषयमा छलफल गर्न बैठक बोलाइएको थियो।
असार १७ गते राति नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा सहमति भएको थियो।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधि सभाबाट विश्वास मत लिने तयारी गरेका छन्। यसबारे पनि छलफल गर्ने तालिका थियो।













