नेपालमा राजनीतिक उथलपुथल चलिरहेका बेला भारतीय गुप्तर एजेन्सी ‘रअ’ का नेपाल प्रमुख फेरिएका छन् । ‘रअ’ का नेपाल प्रमुख राघव .पी. भट्नागरले आफ्नो कार्यकाल पुरा गरेर फर्कने तयारी गरेपछी उनको स्थानमा अँशुल शर्मा आएका छन् ।
उनी जुलाई ११ मा भारत फर्किने तयारीमा छन् । भट्नागरको ठाउँमा अँशुल शर्मा आफ्नो कमान्ड सम्हाल्न हिजै काठमाडौँ आइपुगेका छन् । यसअघि भारतमा ‘रअ’को नेपाल डेस्क हेर्ने अंशुल शर्मा अमेरिकास्थित भारतीय दूतावासमा काउन्सिलरको रूपमा काम गरेर फर्केका हुन । नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको आरोप खेप्ने गरेको रअ का नयाँ प्रमुखले कसरी काम गर्छन त्यो भनी हेर्न बाकी नै छ ।












