राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति टिप्पणी गरेका छन् । उनले,संविधान संशोधनको माग राप्रपाको भएको बताउदै संविधानमा धेरै त्रुटि छन सुधारेर जानुको विकल्प छैन । भनेर सडक र सदनमा राप्रपाले भन्दै आएको स्मरण गरे ।
![]()

प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेपछी नयाँ बन्ने सरकारले संविधान सुधार गर्नेतर्फ आश्वस्त हुने वातावरण बनाए सहयोगको लागि आफुहरुले विचार गर्ने उनले उल्लेख गरे । त्यस्तो अवस्थामा आफूहरूले सरकारलाई समर्थन गर्न सक्ने देउवा निवासमा भएको बिपक्षी दलहरुको बैठकमा उनले संकेत गरे । नयाँ सत्तासमीकरणमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि सहभागी गराउन सके राम्रो हुने उनले काङ्ग्रेस-’एमाले लाई सुझाव दिए ।

यो पटक जनताको मत दुइठुला दलहरु मिलेर सरकार निर्माण गर्नु भन्ने भएकोले आफुले सुरु देखि नै काङ्ग्रेस र एमालेको गठबन्धन सरकार बनाउन सार्वजनिक रुपमै भन्दै आएको कुरा अहिले पुष्टि भएको पनि लिङ्देनले धारणा राखे ।
दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले बीच सत्तासाझेदारीको सहमति भएपछि लिङ्देनको यस्तो टिप्पणी बाहिर आएको हो ।

अहिले नै राप्रपाले सरकारमा जाने नजाने कुरा बिचार गरि नसकेको भन्दै परिस्थिति हेरेर आधिकारिक निर्णयका साथ अघि बढने उनले स्पष्ट पारे ।












