नागरिक उन्मुक्ति पार्टी नाउपाले संसदीय दलको नेता हेरफेर गरेको छ । केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गङ्गा चौधरीलाई दलको नेता चयन गरेको छ । यसअघि प्रमुख सचेतक रहेका चौधरीलाई दलको नेता चयन गर्दै प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिने निर्णय भएको छ । लालवीर चौधरी रेशम चौधरीका बुवा तथा अध्यक्ष रञ्जिता श्रेष्ठका ससुरा हुन् ।


नाउपाका केन्द्रमा चार सांसद छन्। ती मध्ये तीन जनाले उक्त निर्णयमा हस्ताक्षर गरेका छन्। गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाउँदै गंगा चौधरीलाई जिम्मेवारी दिने निर्णयमा हस्ताक्षर गरेका छन् भने रञ्जिता चौधरीको हस्ताक्षर छैन।
दलको नेता परिवर्तन गरिएको विषय अहिले सासंदहरुले शीर्ष नेताहरूलाई जानकारी गराइसकेका छन्। रेशम चौधरी सगको विवादकै कारण उनले पार्टी भित्र संघर्ष गर्नु परिरहेको छ ।











