३ माघ २०८१ , काठमाडौ।

नेकपा एमालेका नेता गोकुल बास्कोटाले रास्वपाप्रति कटाक्ष गर्दै बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला भन्दै प्रश्न गरेका छन्।  उनले रास्वपाका नेता तथा कार्यकर्ताहरू प्रति कटाक्ष गर्दै आज बिहान सामाजिक सन्जालमा यस्तो प्रश्न गरेका हुन्। उनले लेखेका छन्, ‘न्याय मरेको छैन भन्थे अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होइन माइक टाईसनभन्दा तीनगुणा बलशाली रहेको प्रमाणित भयो। उनले  अगाडि लेखेका छन्, ‘अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ? कति कालाकोट धुजाधुजा हुने हुन्?

टेलर्स, मिडीया, मेडिकल, म:म, मकै सबै चल्ने भए। बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला?’ भन्दै व्यंग गरेका हुन् । हिजो वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लाई रास्वपाका कार्यकर्ताले अदालत परिसरमा हातपात गरेपछी बास्कोटाको यस्तो अभिव्यक्ति आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय