
२० बैशाख २०८२, तनहुँ
अन्जनराज न्यौपाने ।

तनहुँको कुकुरढुङ्गे स्थित बालकल्याण आधारभूत बिधालयमा ब्यास १३ को आयोजनामा कान्तिपुर चाइल्ड डेभलपमेन्ट कम्युनिटिका संस्थाका प्रशिक्षक भीष्म मणि पाण्डेको उपस्थितिमा दुई वटा बिधालय बालकल्याण आधारभूत बिधालय र बेनिमित्र प्राथमिक बिधालयका शिक्षक कर्मचारिलाई बिधालय शिक्षामा शिक्षक दाहित्वका सन्दर्भमा आधारीत भएर २ दिने एकिकृत शिक्षण परिक्षण सम्पन्न भएको छ। ब्यास १३ का वडा अध्यक्ष बसन्त बहादुर आलेले शिक्षामा देखिएको यथास्थितिलाई औल्याउँदै बोडीङ र सरकारी स्कुलको तुलना गर्दा भौतिक पुर्वाधार, शिक्षक, शैक्षिक गतिविधि सरकारी बिधालयकै राम्रो हुदाहुदै पनि पढाइ प्रतिस्पर्धामा जान नसकेको गम्भीर प्रश्न उठाए ।
यसमा शिक्षकको समस्या भन्दा पनि अभिभावकमा समस्या देखीएको छ। बोडीङमा एउटा बच्चालाई आमाबुवा लिन पुर्याउन जाने किताब कपि भए नभएको ,होमवर्क गरे नगरेको खाजा खाए नखाएको ख्याल अभिभावकले गर्ने गरेको पाइन्छ तर सरकारी बिधालय सुधारगृहमा लगेर बच्चा फालेजस्तो प्रवृत्ति छ। भर्ना गर्यो छोडयो बच्चाको सरसफाइ छ कि छैन, होमवर्क गर्यो गरेन ख्याल नराख्ने नतिजा मात्र खोज्ने प्रवृत्तिले अभिभावकले आफ्नो दाहित्व निर्वाह नगरेको स्पष्ट भएको बताए। ब्यास १३ को बाल कल्याण बिधालयलाइ मोडेल स्कुल बनाउने सोचमा वडा रहेको छ। यसमा सहकार्य ब्यास १३ कै शिक्षा सुधार समिति मार्फत जन जागृती गंगा माबि र सिद्धबेनि माबी बिधालयलाइ जापानी शैक्षिक संस्था युनाइटेड वर्ड स्कुलले हेर्ने बताउनुभयो साथै बेनिमित्र र गुदिफच्याङको बिधालयलाइ वडाकै आन्तरिक स्रोत बाट हेर्ने लक्ष्य सहित बिधालयको जग आधारभुत तहमै बलियो बनाउनुपर्नेमा जोड दिए।
सदरमुकाम दमौली बाट नजिक रहेर पनि कर्णालीको जस्तो झल्को आउने ब्यास १३ कै ठुलो भुजेल बस्ती रहेको यस वडामा अधिकांस सुकुम्बासी रहेको र न्यून आयस्रोत भएका ब्यक्तिहरुको सामाजिक स्तर हेर्दा अभिभावक नै मदिरा पिएर रोडमा बरालिने संस्कारले बच्चाहरुको शिक्षामा परेको असरलाइ महसुस गरि अभिभावकले शिक्षा दिनसके मात्र शिक्षामा सुधार अनि बिधालय पनि सुध्रने बताए यसकोलागी अभिभावक शिक्षा दिने तयारी रहेको छ। यसै आर्थिक वर्ष शिक्षामा ४५ प्रतिशत बजेट लगानी गर्ने वडाको लक्ष्य रहेको उनले बताए । कान्तिपुर चाइल्ड डेभलपमेन्ट कम्युनिटीका प्रशिक्षक भीष्म मणि पाण्डेले शिक्षा बिश्वबजारमा हाम्रो मुल्यांकन किन गलत छ किन हामी कमजोर छौ महसुस गर्न पर्छ हाम्रो पढाइ कमजोर होइन बानिब्यहोरा कमजोर रहेको छ। तालिम सञ्चालन हुनु व्यबहारमा लागू नहुनु दुर्भाग्य र बालुवामा पानी हाले सरह भएको उनले गुनासो गरे । सबैभन्दा पहिले प्रतिबद्धता चाहिन्छ। म परिवर्तन हुनुपर्नेछ। आवस्यकताको महसुस भयो भने विषयबस्तुको कमि छैन। जागर अभिलाषा भए यस बालकल्याण बिधालयलाई नमुना बिधालय बनाउने लक्ष्य पूरा हुनेछ। त्यसमा सत प्रतिशत बिश्वास हुनुपर्छ म बिधालय राम्रो बनाउछु भन्ने सबैको भावना हुनुपर्ने आवस्यकता औलाए ।
बालकल्याण विधालयकी प्राचार्य ईश्वरि पन्तले बत्तिमुनिको अध्यारोको रुपमा रहेको यस बिधालय २०५६ सालमा ३ वटा दरबन्दी रहेको हाल पनि सोही कायमै रहि रहनु दुखलाग्दो कुरा हो। शिक्षामा पहल गर्दा आश्वासन मात्र हुनु आवस्यक सहयोग हुन नसकेको अवस्थामा हाल यस बिधालयलाइ नमुना बिधालय बनाउन वडाले सकारात्मक भुमिका खेलेको बताउनुभयो । उप्त एकिकृत शैक्षिक कार्यक्रममा वडा शिक्षा समितिका संयोजक माधव पन्त, युवा उद्दमी समाज सेवि ईश्वरराज पन्त, वडा शिक्षा समितिका सदस्य भक्तराज पन्त, शिक्षा सुधारका सदस्य मान बहादुर आले बेनिमित्रका प्राचार्य किशोर सुनामको उपस्थिति रहेको थियो।